विराटनगर – कोशी प्रदेश सरकारले पहिचान पक्षधरसंग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोलि गठन गरेको छ । पुन: नामकरण संघर्ष समितिसंग वार्ता गर्न खानेपानी , सिचाई तथा उर्जामंत्री तिलकुमार मेन्याङ्ग्बोको नेतृत्वमा बुधबार तीन सदस्यीय टोलि गठन गरिएको हो । सामाजिक विकासमंत्री बुद्धि कुमार राजभण्डारी , र सरकारका प्रवक्ता तथा कृषि , उद्योग , सहकारी मन्त्री भक्तिप्रसाद सिटौला समेत वार्ता सदस्यमा रहेका छन् ।
फागुण १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसंगै प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग सहित पहिचानावादीहरु आन्दोलनरत छन् ।