कान्तिपुर टेलिभिजन एचडीले एक सुचना जारी गर्दै सन्दीप क्षेत्रीले होस्ट गर्दै आएकाे ‘ह्वाट द फ्लप’ शाे बन्द गरेको छ ।
बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाहसँग जेल अनुभवबारे गत असार २३ गते प्रस्तोता सन्दीप क्षेत्रीले गरेको शाे पछि ‘व्हाट द फ्लप ‘ कार्यक्रम विवादमा तानिएकाे थियाे । पस शाहसँगकाे उक्त कार्यक्रमको बारे माफि माग्दै यूट्युब च्यानलबाट हटाएकाे एक सातापछि कान्तिपुर टेलिभिजनले यो कार्यक्रमको उत्पादन र प्रसारण नै रोकेको हो ।
कार्यक्रममा शाहले जेल प्रस्तोता सन्दीप क्षेत्रीसंङ्ग अनुभव सुनाउँदा यौनजन्य हिंसा पीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। महिलाको स्वाभिमान र सामाजको चेतनालाई पल शाह र कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले उक्त कार्यक्रममा सम्मान नगरेको भन्दै पल शाह र सन्दीप क्षेत्रीका साथै कार्यक्रम व्हाट द फ्लप नै विवादमा तानिएको थियो । त्यसो त व्हाट द फ्लप कार्यक्रममा सन्दीप क्षेत्रीले मधेशी समुदायका व्यक्तिहरुको भावनामाथि चोट पुर्याएको भनेर यो भन्दा अघि पनि चर्को आलोचना भएको थियो । पटकपटक विवादमा तानिएपछि अन्तत कान्तिपुर टेलिभिजनले चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने भन्दै व्हाट द फ्लप बन्द गर्ने निर्णयमा कान्तिपुर टिभी पुगेको हो।
कान्तिपुर टिभीले आफ्नो फेसबुकपेजमा कार्यक्रमा बन्द गरिएको बारे सूचना पोस्ट गरेको छ । सूचनामा भनिएको छ , ” गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं । “