इटहरी तरहराका युवाहरुले मालिकले गरेको ठगी धन्दामा फसाइएका लाल बहादुर विकलाई न्याय दिन पहल गर्ने सबैलाई धन्यवाद दिएका छन् । तरहराका स्थानिय समाजसेवी तथा युवा नेता सिजन गुरुङ्गको अध्यक्षतामा आइतबार आयोजना गरिएको प्रतिनिधिमुलक धन्यवाद ज्ञापन कार्यक्रम लाल बहादुरलाई आफ्नो सामान्य जिवनमा फर्किएकोमा बधाई दिनुका साथै उनका न्यायको लागि अहोरात्र खटिने व्यक्तित्वहरुलाई धन्यवाद दिनको लागि रहेको स्थानिय युवा दान बहादुर राई , निकेश शंकर लगायतले बताएका छन् ।
कार्यक्रममा लाल बहादुर विक लगायत लाल बहादुरको न्यायको लागि पत्रकारिता मार्फत ८ महिनासम्म निरन्तर लागि परेका विकल्प खबरका पत्रकार सविन घिमिरे , अभियान्ता सरिन तामाङ्ग , संचारकर्मी प्रकाश तिम्सिना लगायतलाई धन्यवाद ज्ञापन गरिएको थियो । लाल बहादुर विकको पक्षमा वकालत गरेका वरिष्ठ अधिवक्ता मान बहादुर रुम्दाली , अधिवक्ता कर्ण बहादुर राई , अधिवक्ता निराजन ओझा ,अधिवक्ता सोभिता गौतम र अधिवक्ता सुलभ खरेल आफ्नो काम व्यस्तताको कारण उपस्थित हुन नसके पनि कार्यक्रमा धन्यवादका मुख्य पात्र उहाहरुलाई कार्यक्रममा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा स्थानिय युवा , वुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै समाजसेवी तथा युवा नेता सिजन गुरुङ्गले तरहराको तर्फबाट लाल बहादुर विकलाई बधाई दिदै उनको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए। आउने दिनमा न्यायको लागि तथा अन्य समाजसेवाको क्रियाकलापमा आफ्नो पनि साथ् रहने पनि उनले बताएका थिए । आउने दिनमा लाल बाहदुर जस्ता युवाहरु फस्न नपरोस भन्दै न्यायको लडाइमा आफु सधै युवाहरुको साथमा रहेको गुरुङ्गले बताएका थिए ।
त्यस्तै , लाल बहादुर विकले न्याय पाउन पर्छ भनेर आफ्नो पत्रकारिता र सामाजिक संजाल मार्फत निरन्तर आवाज उठेका सविन घिमिरेले कार्यक्रमा बोल्दै यो जितको श्रेय सबै नेपालीको रहेको बताए । आफुले उठाएको आवाजलाई देशले नै साथ् दिएको भन्दै यसको श्रेय देशलाई नै जानुपर्छ भन्ने घिमिरेको जिकिर रहेको थियो । उनले लाल बहादुर विक जस्ता निर्दोषको लागि आवाज उठाउन अर्को मिशन शुरु भैसकेको पनि उनले बताएका छन् ।
सामाजिक अभियान्ता सरिन तामाङ्गले सबैलाई धन्यवाद दिंदै अबको दिनमा भने युवाहरु सतर्क रहन आग्रह गरेका थिए। लाल बाहदुर फसे जसरी अन्य युवाहरु नाफस्नको लागि आफु आफै सतर्क हुनुपर्ने तामांगको भनाई थियो । आउने दिनमा अन्य अन्यायमा परेका हरुको लागि पनि यसरी नै एकजुट हुनुपर्ने उनको जिकिर थियो।