नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्डलिंकले आज आफ्नो स्थापनाको २८ वर्ष पुरा गरेको छ ।
ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीले आज आफ्नो सेवा ७७ ओटा जिल्लामा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। कम्पनीका संस्थापक दिलिप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीको यात्राले २८ वसन्त पार गरिरहँदा नेपालको सूचना प्रविधि र इन्टरनेटको क्षेत्रमा गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।
२८ वर्ष पुगिरहदा कम्पनीले नेपालमा पहिलोपटक सर्भिस ग्यारेन्टी अफर , पब्जी गेमिङ प्याक , जिबिपिएस स्पिड जस्ता ऐतिहासिक सुविधा बजारमा ल्याएको छ ।
आजको दिनमा देशभर ८ लाख भन्दा घरमा इन्टरनेट जडान सहित ३२ लाख भन्दा धेरै प्रयोगकर्तालाई सेवा उपलब्ध गराउने सबैभन्दा ठूलो कम्पनीको रुपमा वर्ल्डलिंक परिचित छ ।
देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उताचढावहरू देखेको कम्पनीले देशको ७७ ओटै जिल्लामा आफ्नो सेवा पूर्याउन सफल भएको छ ।
त्यस्तै कम्पनीले अहिले १५ हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ । कम्पनीले इन्टरनेट सेवासँगै मानव सेवा आश्रम , पुर्वाचंल अनाथ आश्रम सहित समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको छ ।
#advt