बिराटनगरमा जघन्य अपराधीहरुलाई सरकारले आममाफी दिएको विरुद्धमा विराटनगरमा सांकेतिक प्रदर्शन भएको छ। विराटनगरका अचेत नागरिक समूहकाे संयोजकत्वमा विभिन्न संघसंस्थाका प्रतिनीधीकाे उपस्थितिमा सनिबार सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।
७ दिने विरोध प्रदर्शनलाई आज विराटनगरको महेन्द्र चोकमा आउन लागेको नेपालीको महान पर्व दशैंकाे कारणले विरोध स्थगित गरिएको अचेत नागरिक समुहका सह संयोजक किरण खड्काले बताए। कार्तिक ११ गते पुन: विरोध प्रदर्शन गर्ने अचेत नागरिक समूहले जनाएको छ।
प्रदर्शनमा सांकेतिक अपराधी बनाएर विभिन्न नारा सहित विराटनगरको बजार क्षेत्र परिक्रमा गराइएको थियो।’ गुन्डाराज चल्दैन ‘, हत्यारालाई फासि दे, विधिको शासन लागु गर, अदालतलाई सम्मान गर जस्ता नाराहरुका साथ युवाहरुले र्यालि निकालेका थिए।