जिल्ला प्रशासन कार्यालय मोरङले प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको ली, भेला, प्रदर्शन कार्यक्रम नगर्न नगराउन सुचना जारी गरेको छ।
जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज विहान ( वैशाख ६ ) १०:०० बजे देखी अर्को आदेश नभएसम्मका लागि उक्त आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले जानकारी दिए ।