विराटनगर । विकल्प एन अल्टरनेटिभको आयोजना तथा एट्लास नेटवर्कको सहयोगमा आयोजना गरिएको “युथ इन पोलिसी एण्ड इन्टरप्रेनरशिप फेलोसिप कार्यक्रम” कोशी प्रदेशको पहिलो चरणको कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
उद्यमशीलता र नीति निर्माण प्रक्रियाको बिषयमा शिक्षित गर्ने उदेश्य राखी बिकल्प-एन अल्टरनेटीभले कोशी प्रदेशमा बसोबास गर्दै आएका २० देखि ३० बर्ष उमेर समूहका ४५ जना युवाहरुलाई छनोट गरि प्रदेशमा युथ इन पोलिसी एण्ड इन्टरप्रेनरशिप फेलोसिप कार्यक्रम संचालन गरिरहेको विकल्पका निर्देशक वसन्त अधिकारीले जानकारी दिएका छन् ।
यस कार्यक्रमका लागि निवेदन दिएकाहरु मद्धेबाट सुरुको चरणमा ४५ जनालाई छनौट गरेर पहिलो चरणको तालिम दिइएको थियो । पहिलो चरणको तालिम पश्चात अब ४५ जनाबाट ३० जनालाई छनौट गरि दोस्रो चरणको तालिममा समाबेश गराइने छ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति, नीति निर्माण, अर्थ राजनीति, सुसाशन, सरकारको संरचना र काम, कर्तब्य आदिका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन ।
दोस्रो तहको तालिम पश्चात युवाहरुलाई प्रदेश सभाका सदस्यहरुसँग ज्ञान सहयोगीका रुपमा सहभागी गराइनेछ जहाबाट उनीहरुले नीति तथा कानुन बन्ने प्रक्रिया बारे बुझ्न सक्ने छन् । साथै फेलोहरु हरेक महिना एक देखि दुइ पटक विभिन्न कार्यक्रममा सहभागी हुन तथा आगामी दिनको लागि योजना तर्जुमाको निम्ति भेट्ने छन् । उनीहरुले आफ्नै नेतृत्वमा कार्यक्रमहरुको आयोजना गर्नको निम्ति पहल गर्नेछन् । छानिएका फेलो मद्धेका केहिले विकल्पमा इन्टर्नशिपमा संलग्न हुने अवसर पाउनेछन्, जहाँबाट उनीहरुले विभिन्न मुद्दाका बिषयमा अध्ययन अनुसन्धान, बहस तथा पैरवीको साथै कार्यक्रम संयोजनको आदि बिषयमा सिक्नेछन्, जसले उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासलाई बढाउन मद्दत पुर्याउने छ । फेलोहरुले प्रदेश सभा सदस्यहरु सगँ विधेयकका बारेमा अध्ययन अनुसन्धान गर्ने, नीति तथा कानुन आदिका बारेमा अध्ययन गरी समुहलाई तोकिएको प्रदेश सभा सदस्य तथा कमिटिलाइ सहयोग गर्नेछन्। फेलोसिपको क्रममा, फेलोहरुले विभिन्न क्षेत्रहरुबाट आएका व्यक्तिहरुसंगका बैठकहरुमा सहभागी भई प्रदेशको नीति निर्माण तथा विकासका विषयको ज्ञान प्राप्त गर्नेछन् । अन्तत यस फेलोशिप कार्यक्रमले युवाहरु युवाहरुको नेतृत्व र क्षमता बिकासमा सहयोग पुर्याउनुको साथै उद्यमशीलता, सार्वजनिक नीति, अर्थ राजनीति, शुशासन, राज्य व्यवस्था आदि बिषयहरुमा सिक्षित बनाइ देशको लागि असल र जिम्मेवार नागरिक तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
आर्थिक समृद्धिको निम्ति सार्वजनिक नीतिको महत्वलाई मनन गरि विकल्प-एन अल्टरनेटिभले विगत १० बर्ष देखि उद्यमशिलता, जीविकोपार्जन, व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिका मुद्दाहरूमा अध्ययन अनुसन्धान, वहस पैरवी गर्नुको साथै सचेतनाका कार्यहरु गर्दै आएको छ । सन् २०१४ मा गैर नाफामुलक संस्थाको रूपमा स्थापना भएको यस संस्थाले विराटनगरमा स्थित रहेर कोशी प्रदेशका मुद्दाहरुमा कार्य गर्दै आएको छ ।