विराटनगरको रक ब्यान्ड ‘सर्कल अफ फिफ्थ्स’ ‘द भर्चुअल व्याटल अफ द व्याण्डस’ सिजन १ को विजेता बनेको छ ।
नेपाली गिटार ट्युटोरियल,संगीत पाठशाला र एमआई एमपी अष्ट्रेलियाको संयुक्त आयोजनामा भएको प्रतिस्पर्धामा ‘सर्कल अफ फिफ्थ्स ‘ व्याण्डसहित द बर्न्ट हिल, बाइ पोलार स्याडोज,लासोज,डाइसेक्टेड सोल्ज,द आफ्टर म्याथ र द वी गरी ७ वटा व्याण्ड फाइनलमा पुगेको थियो जसमा दार्जिलिङ्गको ‘ द आफ्टर म्याथ ‘ उपविजेता बनेको छ भने ‘ डाइसेक्टेड सोल ‘ ले तेस्रो उपाधि हासिल गरेको छ । प्रतिस्पर्धा जिते संगै बिजेताले ३ लाख नगद , उप विजेताले २ लाख नगद र तेस्रो हुने ब्याण्डले १ लाख नगद सहित अन्य पुरस्कार पाउने भएका छन् ।
भारत , नेपाल र अन्य देशको ७२ वटा व्याण्डको सहभागीता रहेको ब्याटलमा अन्य विधामा पनि पुरस्कार घोषणा गरिएको थियो ।
‘ भोकल डाइनामो अवार्ड ‘ ‘ द बर्नट हिल ‘ ब्याण्डका प्रभात राई, ‘ सिन्थ मास्ट्रो अवार्ड ‘ द बर्न्ट हिल ‘ कै सौरभ सुनार , ‘एक्स स्लिङ्गर अवार्ड ‘ ‘ द एस थ्री ‘ ब्याण्डका सज्जुवाल , ‘ लो इण्ड मास्टर अवार्ड ‘ ‘ बाइपोलर श्याडोज ‘ का एन्थोनी गुरुङ र ‘ मास्टर अफ पर्कुसन अवार ‘ ‘ बाइपोलर श्याडोज’ कै अभिशले प्राप्त गरेका थिए।
विजेताले नगद पुरस्कार सहित अन्य अवसरहरु प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।