विराटनगर। जेन-जी आन्दोलनसँगै मोरङमा लगाइएको निशेधाज्ञा र कर्फ्यु आदेश हटेको छ। आजबाट लागु हुने गरी अर्को सूचना जारी नभएसम्मलाई निशेधाज्ञा र कर्फ्यु हटेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गरेको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभए सम्म निशेधाज्ञा र कर्फ्यु आदेश फिर्ता लिएको सूचना जारी गर्नु भएको छ।
मंगलबारको दिन मोरङका अधिकांश स्थानमा जेन-जी आन्दोलनमा जिल्लाका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भए देखि मोरङमा विभिन्न समयका लागि निशेधाज्ञा र कर्फ्यु जारी गरिएको थियो।


