विराटनगर। कोशी प्रदेश सरकारमा नवनियुक्त १० मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नियुक्त मन्त्रीहरूको आज शपथग्रहण सम्पन्न भएको हो।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीहरूलाई शपथ गराउनु भएको हो।
मुख्यमन्त्री कार्कीको सिफारिसमा एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन (तिलचन) पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री र रामकुमार महतो सामाजिक विकास मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त हुनुभएको हो।
त्यस्तै, कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री तथा शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री बन्नु भएको छ।
शपथ ग्रहण गर्नु भएका मन्त्रीहरूले आजै पदबहाली गर्ने कार्यक्रम रहेको छ।


